×

सुनचाँदीको मूल्य घट्यो

भदौ २३, २०७८ | दाक्सु मिडिया

काठमाडौं । साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत मंगलबारस्थिर रहेको सुनको मूल्य बुधबार सात सय रुपैयाँले घटेको हो । महासंघले बुधबार छापावाल सुन प्रतितोला ९० हजार सात सय रुपैयाँ कायम गरेको छ । मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७७ हजार सात सय ६० रुपैयाँ कायम भएको छ । महासंघकाअनुसार तेजावी सुन प्रतितोला ९० हजार दुई सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७७ हजार तीन सय ३० रुपैयाँ कायम भएको छ । 

बुधबार चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । महासंघले चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम गरेको छ । १० ग्राम चाँदीको मूल्य एक हजार ४६ रुपैयाँ तोकिएको छ ।  मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: