×

‘पाटन सङ्ग्रहालय’ भोलिदेखि खुल्ने

भदौ २२, २०७८ | दाक्सु मिडिया

काठमाडौं । ललितपुर महानगरपालिकाको पाटन दरबार क्षेत्र रहेको ‘पाटन सङ्ग्रहालय’ भोलिदेखि खुला गरिने भएको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले भोलिदेखि सङ्ग्रहालयलगायत दरबार क्षेत्रका अन्य पर्यटकीय स्थलसमेत खुलाइने जानकारी दिनुभयो ।

निषेधाज्ञासँगै गएको वैशाख १६ गतेदेखि सङ्ग्रहालय बन्द गरिएको थियो । कोरोना अघि दैनिक झण्डै चारदेखि पाँच सय आगन्तुकले सङ्ग्रहालय भ्रमण गर्ने गरेको थिए ।

दरबार क्षेत्र खुलाउने कुरा अघि बढेसँगै आफूहरू तयारी अवस्थामा रहेको पाटन दरबार सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: