×

थपिए काठमाडौं उपत्यकामा ७९३ संक्रमित

भदौ १७, २०७८ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा ७९३ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ५४१ जना, भक्तपुरमा १०० जना र ललितपुरमा १५२ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ८,५३४ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ४,८३६ जना, भक्तपुरमा १,३९० जना र ललितपुरमा २,३०८ जना छन् ।

मन्त्रालयका अनुसार मोरङ, झापा, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुपल्चोक, नवलपरासी, कास्की, बाग्लुङ, गोर्खा, स्याङ्जा, तनहुँ, रुपन्देही र सुर्खेत मा ५०० भन्दा बढी संक्रमित छन् ।

यस्तै २०० भन्दा बढी धनकुटा, ईलाम, धनुषा, बारा, सप्तरी, सिराहा, दोलखा, धादिङ, सिन्धुली, रामेछाप, लमजुङ, दाङ, पर्वत, गुल्मी, पाल्पा, बाँके, बर्दिया, जुम्ला, कैलाली र कंचनपुर छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: