
जनकपुरधाम । प्रदेश २ मा १० जना सांसदले जनता समाजवादी पार्टी नेपाल छोड्दै लोकतान्त्रिक जनता समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।
बुधबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर १० जना सांसदहरुले लोसपाको पक्षमा सनाखत गरेका हुन् ।
सनाखत गर्ने सांसदमा परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश प्रसाद कुर्मी र गौरीनारायण साह छन् ।
बुधबार १० जनाले सनाखत गरेको र अन्यले भोलि पनि सनाखत गर्ने सांसद परमेश्वर साहले बताए ।
प्रदेश २ को प्रदेशसभामा जसपाका कुल ५५ जना प्रदेशसभा सदस्यहरु रहेका थिए। जसमा पूर्वराजपाबाट २५ जना सांसद थिए।
निर्वाचन आयोगले दल रोज्नका लागि जनप्रतिनिधीलाई भदौ २२ गतेसम्मको समय तोकेको छ । सोही अनुसार देशभर जनप्रतिनिधिहरुले आफ्नो कित्ता स्पष्ट गर्ने क्रम चलिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया