महाकुलुङ दुईमा मछिन्द्र कुलुङ मार्फत न्यानो कपडा र ब्रस मन्जन वितरण

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर ९

सोलुखुम्बु । महाकुलुङ गाउँपालिका दुईमा पेल्माङ विकासका लगि सहयोगी हातहरु संस्थाको अध्यक्ष मछिन्द्र कुलुङ मार्फत पारिवारिक अवस्था कम्जोर भएका एकल महिला, वृद्धा र दलित परिवारलाई ३५० थान न्यानो कपडा वितरण गरिएको छ ।
कपडा संगै कुलुङ्ले ब्रस र मन्जन समेत १५० जनालाई उपलब्ध गराएका छन । मौसम परिवर्तन भएसँगै चिसो बढेकाले लत्ताकपडा वितरण गरेको संस्थाको अध्यक्ष मछिन्द्र कुलुङले बताउनु भयो ।
संस्थाले स्वास्थ , शिक्षा लगायत अन्य क्षेत्रमा स्थापन कालदेखिनै विषेश गरि गाउँपालिकाको वडा नम्बर २ मा सहयोग गर्दै आएको वडा अध्यक्ष प्रदीप कुलुङको भनाई छ । संस्थाले २०८०/८१ मा पनि दोश्रो पटक १५ घर परिवारलाई रंगीन जस्ता पाता उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *