|
२०७८ भाद्र १६
विराटनगर । प्रदेश १ का सांसद उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन् ।
एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि संघीयदेखि प्रदेशसभा सचिवालयमा सांसदहरुले आफ्नो दल रोजिरहेका छन् ।
सोहीक्रममा उनीहरु बुधबार निर्वाचन आयोगमा पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । प्रमाणपत्र हराएकाले उनीहरुले ढिलो गरी सनाखत गरेका हुन् । यसअघि आठ जना सांसदले सनाखत गरिसकेका छन् ।
दल विभाजन अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्ने समयसीमा छ ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्