सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १६

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको सुनुवाई आजको लागि रोकिएको छ ।

बुधबार संवैधानिक इजलासमा पेसीमा चढेको मुद्दा हेर्न नमिल्ने भएको कारण सारिएको हो । रिट निवेदक मध्येका एक कनकमणि दीक्षितले एक न्यायाधीशले हेर्न नमिल्ने भएपछि मुद्दाको पेसी सरेको बताए।

काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोपमा सभामुख सापकोटाविरुद्ध दर्ता भएको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पुर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्। उक्त रिट अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा लामो समयदेखि विचाराधीन रहेको छ।

सभामुख सापकोटाको मुद्दा अन्तिम पटक २०७६ फागुन ३० गते पेशीमा चढेको थियो। उक्त दिनमा हेर्न नभ्याउने हुँदै मुद्दाको सुनुवाइ सरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *