|
२०८३ श्रावण १५
काठमाडौं । पछिल्लो परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, सहिष्णुता र आपसी एकताको सन्देश दिन लुम्बिनीमा विशेष शान्ति प्रार्थना कार्यक्रम आयोजना गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार कार्यक्रममा सामाजिक सद्भावविरुद्धका गतिविधिमा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित प्रार्थना सभामा गुरु–गुरुमा, नागरिक समाजका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो। सहभागीहरूले देशमा शान्ति, अमनचयन र भाइचारा कायम रहोस् भन्ने कामना गर्दै दीप प्रज्वलन तथा पाठ–पूजा गरेका थिए।
मन्त्रालयले सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै नागरिकलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्