वाइसीएलले बनायाे २३१ सदस्यीय केन्द्रीय समिति

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १५

काठमाडौँ । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलले २ सय ३१ सदस्यीय केन्द्रीय समिति बनाएको छ ।

मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको हो।

भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रिय समितिलाई नै दिएको छ।

केन्द्रिय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रिय समितिका सदस्यहरु भने चयन गरिएको वाईसीएलका ईन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ले जानकारी दिए।

नयाँ केन्द्रिय समितिमा २३ जना भने पछि मनोनित हुनेछन्। इन्चार्ज दिपशीखाका अनुसार वाईसीएलको विधानमा १० प्रतिशत सदस्य पछि मनोनित गर्ने व्यवस्था गरिएकाले २३१ जनामध्ये २३ जना पछि मनोनित हुनेछन्।

गत शनिबारबाट सुरु भएको वाईसीएलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानेले दावी गरेका थिए।

तर सहमति जुटाउन नसकेपछि केन्द्रिय समितिले नै पदाधिकारी चयन गर्ने गरी नयाँ केन्द्रिय कार्य समिति राष्ट्रिय भेलाले चयन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *