काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको जारी बैठकले केन्द्रीय समितिको आकार २९९ सदस्यीय रहने प्रस्ताव गरिएको छ ।
माओवादी केन्द्रको केन्द्रीय समितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदाधिकारी रहने गरी अन्तरिम विधान संशोधन प्रस्ताव प्रस्तुत गरिएको छ ।
पार्टीको जारी केन्द्रीय समितिमा प्रस्तुत गरिएको सो अन्तरिम विधानमा केन्द्रीय समितिको बढीमा एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको बढीमा एक तिहाइ सदस्य रहने स्थायी समितिको पनि प्रस्ताव गरिएको छ।
यसअघि माओवादीका समितिहरू भद्दा तथा अव्यवस्थित थिए। नेकपा गठनका बेला निश्चित संख्यामा सदस्यहरू सो पार्टीको कमिटीमा राखिएका थिए। एकता टुटेसँगै माओवादीले आफ्नो पार्टी समितिहरूलाई व्यवस्थित रुपमा अघि बढाउने प्रयास स्वरुप नयाँ विधान प्रस्ताव गरिएको हो।
पार्टीको राष्ट्रिय महाधिवेशन पाँच वर्षमा सम्पन्न गर्ने व्यवस्था अन्तरिम विधानमा गरिएको छ। विशेष परिस्थितिमा ६ महिना सार्न सकिने छ। तर, २०७५ जेठ ३ गते नेकपा गठन भई २०७७ फागुन २३ गतेसम्म कायम रहेकाले महाधिवेशनको सन्दर्भमा सो समय गणना नगरिने भएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्