काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई संघीय संसद सचिवालयले कार्यालय उपलब्ध गराएको छ ।
नेकपा एमालेबाट विभाजित भई हालै नेपालले गठन गरेको नेकपा (एस)लाई संघीय संसद भवन सिंहदरबारमा कार्यालय उपलब्ध गराएको हो ।
नेकपा (एस)का सांसद जीवनराम श्रेष्ठकाअनुसार संघीय संसद भवन नम्बर १ को दोस्रो तल्लामा नेपालका लागि अलग्गै कार्यालयको पनि व्यवस्था गरिएको छ ।
पार्टीको चुनाव चिन्ह निक्र्यौल गर्न नसकेको नेकपा (एस)को पार्टी कार्यालय भने अझै पनि टुंगो लागिसकेको छैन । नयाँ पार्टीका लागि भवन र जग्गा खोज्दै गरेको नेकपा (एस)का अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया