×

एकीकृत समाजवादीको महासचिवमा डा. बेदुराम भुसाल चयन

अशोज ७, २०७८ | दाक्सु मिडिया

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल चयन हुने भएका छन् ।

तत्कालीन एमालेमा स्थायी कमिटी सदस्य रहेका भुसाललाई काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले महासचिवको जिम्मेवारी दिने निश्चित भएको हो ।

नेकपा एस गठनपछि पहिलोपटक बसेको केन्द्रीय समिति बैठकले महासचिवको टुँगो लगाउने गरी आजको निम्ती बैठक लम्बाएको थियो । सोही बैठकमा महासचिव पदमा भुसाललाई चयन गर्ने पक्कापक्की भएको सचिवालयमा रहेका एक नेताले ज्योतिन्यूजलाई बताए ।।

‘सचिवालयले उहाँको नाम पक्कापक्की गरिसक्यो, अब केन्द्रीय समितिमा फाइनल हुन्छ’, ती नेताले भने । महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दावी गरेका थिए ।

मंगलवारबाट शुरू भएको नेकपा एसको बैठक आज सकिदैछ ।

पार्टीको विधानमा महासचिवले सचिवालय प्रमुखको हैसियतमा काम गर्ने उल्लेख छ । यसअघि पनि भुसाललाई अन्तरिम महासचिवको जिम्मा दिइएको थियो ।

एकीकृत समाजवादीको अन्तरिम विधानअनुसार पार्टीमा अध्यक्ष एक, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारी रहनेछन्। यी सबै गरेर ११५ पूर्ण र ३६ वैकल्पिक सदस्य गरी केन्द्रीय कमिटी १५१ सदस्यीय हुनेछ। 

यस्तै केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहनेछन्। 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: