धितोपत्र बोर्डको सदस्यबाट चन्द्र ढकालद्वारा राजीनामा

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ९

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सदस्यबाट चन्द्र ढकालले राजीनामा दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट बोर्ड सदस्य बनेका उनले सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिदको विवादमा मुछिँएका उनले राजीनामा दिएका हुन् ।

आफूले महासंघमार्फत नै धितोपत्र बोर्डबाट राजीनामा दिएको ढकालले बताए । धेरै पब्लिक कम्पनीमा आफूआवद्ध रहेको र आफ्ना संस्थाहरुको मर्जरको कुरा आउँदा समस्या हुने भएकाले राजीनामा दिएको उनको भनाइ छ ।

आज बुधबारकै मितिबाट लागू हुने गरी उनले राजीनामा दिएका हुन् । सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हिजो मात्रै राजीनामा दिएका थिए । यस प्रकरणमा ढकालको नाम पनि जोडिएको थियो ।

सर्वोत्तम सिमेन्टको सेयर किनेको विषयमा बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका सीईओ साउदसँगै ढकाल समेत विवादमा तानिएका थिए ।

उद्योग वाणिज्य महासंघका तर्फबाट ढकालको सट्टा अरुलाई नै धितोपत्र बोर्ड संचालक समितिमा पठाउने तयारी भएको छ। ढकालले महासंघमा आफू धितोपत्र बोर्डको संचालक समिति सदस्य नरहने जानकारी गराएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *