सभामुखलाई निर्वाचन आयोगले भन्यो– सांसदहरुको हेड काउन्ट गरिदिनूहोला

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ६

काठमाडौं । निर्वाचन आयोगले सभामुख अग्नि सापकोटालाई पत्राचार गर्दै सांसदहरुको हेड काउण्ट गर्न आग्रह गरेको छ ।

नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएको अवस्थामा कुन दलमा को सांसद रहेका छन् भनि स्पष्ट गर्न सभामुखलाई आयोगले आग्रह गरेको हो ।

माधव नेपालले एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेका छन् भने जसपाबाट महन्त ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका छ्न ।

माधव नेपालले एमाले र महन्थ ठाकुरले जनता समाजवादी पार्टीबाट २० प्रतिशत सदस्य संख्या लिएर फरक पार्टी दर्ता गर्न निवेदन दिएपछि आयोगले सभामुखलाई औपचारिक पत्र पठाएर जवाफ माग्ने निर्णय गरेको हो ।

‘आयोगले निर्णय गरेर सभामुखलाई पत्र पठाइसकेको छ, निर्वाचन आयोगका अधिकारीले भने, ‘सभामुखको जवाफ पर्खिरहेका छौं । बुधबार सनाखतका लागि बोलाइएका त्यसअघि नै संसद सचिवालयबाट पत्रको जवाफ आउने आयोगको अपेक्षा छ ।’

निर्वाचन आयोग स्रोतका अनुसार माधव नेपाललाई संघीय सांसदहरुको संख्याका आधारमा नयाँ दल दर्ता गर्न ३१ सांसद आवश्यक पर्छ भने महन्थ ठाकुरलाई ७ सांसद भए २० प्रतिशत पुग्छ ।

सरकारले यसअघि ४० प्रतिशतको प्रावधान हटाएर २० प्रतिशतमा दल फुटाउन मिल्ने अध्यादेश ल्याएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *