काठमाडौं उपत्यकामा ७३९ जना कोरोना संक्रमित थपिए

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण ३१

काठमाडौं । काठमाडौं उपत्यकामा थप ७३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा काठमाडौंमा ५२२ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, ललिपुरमा १५४ र भक्तपुरमा ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी देशभर थप २२१२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा मन्त्रालयका अनुसार १८६७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने थप ३३ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *