नेपालमा आमनिर्वाचन सम्पन्न भएकोमा पाकिस्तानको बधाई

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २६

काठमाडौं । पाकिस्तानले नेपालमा आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ।

काठमाडौँस्थित पाकिस्तानी दूतावासका अनुसार पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दरले सन्देश जारी गर्दै नेपाल सरकार र नेपाली जनताप्रति बधाई व्यक्त गरेका हुन् ।

सन्देशमा पाकिस्तानले नेपालसँगको मित्रवत् सम्बन्धलाई उच्च महत्व दिने उल्लेख गर्दै दुई देशबीचको दीर्घकालीन मित्रतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।

उपप्रधानमन्त्री दरले आफ्ना समकक्षी र नेपालमा बन्ने नयाँ सरकारसँग सहकार्य गर्दै द्विपक्षीय सहयोगका नयाँ क्षेत्र विस्तार गर्ने तथा क्षेत्रीय शान्ति र समृद्धि प्रवर्द्धनका लागि मिलेर काम गर्ने अपेक्षा पनि व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *