अर्थमन्त्री खनालद्धारा ‘कूटनीतिक राहदानी’फिर्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २६

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् ।

अर्थमन्त्रीको हैसियतमा प्राप्त गरेको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएको भन्दै उनले मन्त्रालयको प्रशासन महाशाखालाई कूटनीतिक राहदानी फिर्ता गरेका हुन् ।

राहदानी फिर्ताको पत्रमा खनालले लेखेका छन्‚ “मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिन राहदानी यसै साथ संलग्न राखी अनुरोध गरेको छु।”

अर्थमन्त्री खनाललगायत मन्त्रीहरूलाई कूटनीतिक प्रयोजनका लागि कूटनीतिक राहदानी उपलब्ध गराइएको थियो। अन्य मन्त्रीहरूले भने फिर्ता गरेको सार्वजनिक रूपमा जानकारी गराएका छैनन् ।

गत २३ र २४ भदौको जेन(जी आन्दोलनपछि बनेको सरकारमा पूर्वअर्थसचिवसमेत रहेका खनाल अर्थमन्त्री बनेका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *