करिव छ वर्षपछि चीन–उत्तर कोरिया रेल सेवा पुनः सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २६

काठमाडौँ । कोभिड–१९ महामारीका कारण सन् २०२० देखि बन्द रहेको चीन र उत्तर कोरियाबीचको अन्तर्राष्ट्रिय प्यासेन्जर रेल सेवा छ वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ । ट्राभल अपरेटरहरूका अनुसार यो सेवा बिहीबारदेखि फेरि सुरु हुने तयारी गरिएको छ ।

बेइजिङ र डान्डोङस्थित आधिकारिक टिकट बुथसँग काम गर्ने ट्राभल एजेन्टहरूले एएफपीलाई दिएको जानकारीअनुसार प्रारम्भिक चरणमा यो रेल सेवा उत्तर कोरियामा काम गर्ने वा अध्ययन गर्ने चिनियाँ नागरिक तथा विदेशमा काम, अध्ययन वा परिवार भेटघाटका लागि आवतजावत गर्ने उत्तर कोरियालीहरूका लागि खुला हुनेछ ।

यद्यपि हालका लागि पर्यटकहरूलाई भने टिकट खरिद गर्ने अनुमति दिइने छैन ।

उत्तर कोरियाको यात्रासम्बन्धी सेवा प्रदान गर्ने कम्पनी यङ पायोनियर टुरका टुर म्यानेजर रोवान बियर्डले रेल सेवा पुनः सुरु हुनु सकारात्मक सङ्केत भएको बताए । उनले अन्तर्राष्ट्रिय रेल सेवा फेरि सञ्चालनमा आउनु स्वागतयोग्य भएको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *