कांग्रेसका भातृ संस्थाको म्याद थपियो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण ३१

काठमाडौं । नेपाली कांग्रेसले भातृ संस्थाकोे म्याद छ महिना थप्ने निर्णय गरेको छ।

कांग्रेसले समयमा महाधिवेशन गर्न नसकेका विभिन्न भातृ संघसंस्थाकाे म्याद छ महिना थप्ने निर्णय गरेको हो।

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिना थप गर्ने निर्णय पार्टीले गरेको हो।

यस्ता भातृ संस्थाको म्याद पार्टी विधानविपरीत ६÷६ महिना गरी तीन पटक थपिइसकेको छ।

पार्टी विधानमा महाधिवेशन गर्न नसक्ने भातृ संस्थाको म्याद एक पटकका लागि मात्रै छ महिना थप्न सकिने व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *