निषेधाज्ञामा फेरबदल भएसँगै उपत्यका छाड्ने क्रममा वृद्धि

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार ४

४ असार, काठमाडौं । निषेधाज्ञामा फेरबदल भएसँगै काठमाडौं उपत्यका छाड्ने क्रममा वृद्धि भएको छ । असार १ गतेदेखि सरकारले निषेधाज्ञा खुकुलो बनाएसङ्गै उपत्यका छाेडेर घर फर्किनेको सङ्ख्या बढेको हो ।

काठमाडौंको नयाँ बसपार्कमा उपत्यका छोड्नेको संख्या बाक्लो रहेको पाइएको छ । कोरोना महामारीका कारण काठमाडौंमा बस्न गाह्रो भएको र घरपरिवारको खर्चको जोहो गरेपनि कमाइ हुन छोडेपश्चात उपत्यका छाड्ने ब्यक्तिको क्रममा वृद्धि आएको हो।

निरन्तरको निषेधाज्ञाले आर्थित तथा मनावैज्ञानिक समस्या उत्पन्न हुन थालेपछि दैनिक रूपमा हजारौँ मान्छेले उपत्यका छोड्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले नयाँ बसपार्कबाट दैनिक १५ देखि २० बस छुट्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *