२४ जेठ । सोमबार बिहान पाकिस्तानको सिन्धको डहरकी क्षेत्रमा दुई रेल आपसमा ठोकिँदा ५० भन्दा बढी यात्रुहरु घाइते भएका छन् भने ३० जनाले ज्यान गुमाएका छन्।
मिल्लत एक्सप्रेस र सर सैय्यद एक्सप्रेसका रेलहरु एक आपसमा ठोक्किंदा यो दुर्घटना भएको जनाइएको छ। पाकिस्तानी मिडियाका अनुसार मिल्लत एक्सप्रेसको बोगी नियन्त्रण बाहिर गएको र दोस्रो ट्र्याकमा खसेका कारण उल्टो दिशाबाट आउँदै गरेको सर सैय्यद एक्सप्रेससङ्ग ठोक्किएको हो । जस कारण त्यहाँ बोगीहरु निकै क्षतिग्रस्त भएका थिए।
अझै धेरै मानिसहरू बोगीमा फसेको र यस्तो अवस्थामा मृत्यु हुने को सङ्ख्या अझै बढ्ने आशंका गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया