मेक्सिकोमा ठूलो दुर्घटना: २३ को मृत्यु, ४९ घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख २१

मेक्सिकोको राजधानी मेक्सिको सिटीमा एक पुल क्षतिग्रस्त हुँदा २० जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन्।

सोमबार राति पुलबाट मेट्रो ट्रेन पार गर्ने क्रममा १०:३० बजे १२ मेट्रो लाइनमा दुर्घटना भएको थियो। दुर्घटना पछि राहत उद्धार कार्य भइरहेको छ।

दुर्घटनाको भिडियोहरू सोशल मिडियामा भाइरल बनेको छ। भिडियोमा मेट्रोका कोचहरू हावामा झुण्डिएका अवस्थामा देख्न सकिन्छ। सोही समय पुल मुनि पार्क गरिएका कारहरु पनि क्षतिग्रस्त भएका छन्।

मेक्सिको सिटी मेयर क्लाउडिया शिनबौमले सोशल मीडियामा मार्फत जानकारी दिए अनुसार घटनाको बारेमा जानकारी पाए लगत्तै उनी घटनास्थलमा पुगेकी थिइन्। फायर ब्रिगेड र उद्धारकर्ताहरूले पनि मानिसहरूलाई सहयोग गरिरहेका छन्। घाइतेहरुलाई अस्पताल पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *