पीसीआर शुल्क बढी असुल्ने प्रयोगशालालाई कारबाही हुने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १५

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को पिसिआर परीक्षण शुल्क बढी लिने प्रयोगशालालाई कारवाही गर्ने निर्णय गरेको छ।

पिसिआरको शुल्क बढी लिने गरेको जनगुनासो मन्त्रालयमा प्राप्त भएकाले त्यस्ता प्रयोगशालालाई कारवाही गरिने जानकारी मन्त्रालयका सहप्रवक्ता डा‍. समीरकुमार अधिकारीले मंगलबार दिए । उनकाअनुसार शुल्क बढी लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत ती प्रयोगशालालाई परीक्षणको सूचीबाट हटाइने छ ।

मन्त्रालयले निजी प्रयोगशालालाई पिसिआर परीक्षण शुल्क रु दुई हजार र सरकारी प्रयोगशालालाई रु एक हजार तोकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *