तेल ट्याङ्कर विस्फोट हुँदा १६ जनाको मत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ भाद्र ३०

काठमाडौँ : हाइटीमा तेल ट्याङ्करमा विस्फोट हुँदा १६ जनाको मत्यु भएको छ। अन्य ४० जना घाइते भएका छन्। शनिवार भएको उक्त विस्फोटमा परी मृत्यु भएकाहरूको पहिचान भने खुल्न नसकेको बताइएको छ।

हाइटीका प्रधानमन्त्री ग्यारी कनिलले घटना लगतै आपतकालीन टोली परिचालन गरिएको र घाइतेको उद्धार सुरु गरिएको बताए। हाइटीको तटीय क्षेत्र मिरागोएन नजिकै उक्त विस्फोट भएको बताइएको छ। स्थानीय अधिकारीहरूका अनुसार ट्याङ्करबाट तेल जम्मा गर्न भिड लागेपछि विस्फोट भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *