काठमाडौं । कोरोनाबाट मृत्यु भएका नागरिकको दाह संस्कार सरकारद्वारा गरिने निर्णय भएको छ । आइतबार बसेको सीसीएमसीको बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु भएका नागरिकका दाह संस्कार सरकारी खर्चमा गर्ने निर्णय गरेको हो ।
शव दाह गृह व्यवस्थित रूपमा सञ्चालन गर्ने र देखिएका समस्या निकारण गर्न विदेशबाट प्राविधिक ल्याउन पर्ने भए त्यसको सहजीकरण संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने निर्णय भएको छ । परम्परागत विधिबाट पनि दाह संस्कार गरिने र त्यसलाई व्यवस्थित गर्न परिपत्र जारी गरिसकिएको छ।
आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले चीनले उपलब्ध गराउने २० हजार थान अक्सिजन सिलिन्डर तत्काल नेपाल ल्याउन परराष्ट्र, स्वास्थ्य र अर्थ मन्त्रालयले कार्य प्रारम्भ गर्ने साथै उक्त बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ उडान व्यस्थित गर्ने निर्णय गरेको छ । त्यस्तै निषेधाज्ञा जारी भएका जिल्लाहरूका सरकारी कार्यालयमा मानिसहरूको आवतजावत कम गर्ने, सचिव, सहसचिव र कार्यालय प्रमुखहरू परिचयपत्रका आधारमा ओहोरदोहोर गर्न सक्ने निर्णय पनि गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया