काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा पाँच हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलयले जनाए अनुसार कूल १४ हजार ९६९ नमूना परीक्षण गरिएकामा उक्त सङ्ख्यामा कोभिड–१९ पुष्टि भएको छ ।
उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या एक हजार २८७ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभर ४० हजार १०३ जना होम आइसोलेशनमा तथा संस्थागत आइसोलेशनमा तीन हजार ११० रहेका छन् ।
यस्तै पछिल्ला २४ घण्टामा दुई हजार ४५५ महिला र तीन हजार २५१ पुरुष सङ्क्रमित भएका छन् । काठमाडौँमा एक हजार ९३२ जना सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।
भक्तपुरमा २०८ र ललितपुरमा ३५५ सङ्क्रमित फेला परेका छन् । यस्तै ४०१ जना आइसियुमा उपचाररत थगन ११० जना भेन्टिलेटरान छन् । आइसियु श्ययाको कूल सङ्ख्या एक हजार २०३ र ५०८ भेन्टिलेटर छन् ।


दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्