
काठमाडौं। गायक राजु लामाले लोबुचे पिक शिखरको सफल आरोहण गरेका छन्। उनले शनिबार ६११९ मिटर अग्लो लाेबुचे शिखर आरोहण गरेका हुन्। गायक लामाले आफ्नो फेसबुकमा आफूले लाेबुचे शिखर आरोहण गरेको जानकारी दिएका छन्।
उनले शनिबार बिहान सवा १० बजे शिखर आरोहण गरेको बताएका छन्। उनले शिखर आरोहणको जानकारीसहित केही तस्वीरहरु पनि सार्वजनिक गरेका छन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया