काठमाडौँ – भोलि शिवरात्रीका दिन पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन नचल्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले एक सूचना जारी गर्दै पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी चल्न नदिने भएको हो । महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न सूचनामा उल्लेख गरेको छ ।
यी हुन् सवारी निषेध गरिएको क्षेत्र
पशुपति विकास कोषले कोभिड–१९ को जोखिम कायम रहेकोले दर्शनार्थीले अनिवार्य मास्क लगाउन आग्रह पनि गरेको छ । कोभिड–१९ महामारीको अन्त्य नभए पनि सदाझैँ महाशिवरात्रि यसपटक पनि भव्यताको साथ मनाउने तयारी गरेको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए । ढकालले भने, ‘दर्शनार्थीले अनिवार्य भौतिक दूरी कायम गर्नुपर्ने, स्यानिटाइजर र मास्क अनिवार्य लगाउनुपर्नेछ ।’
नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभाग समेतबाट सुरक्षाकर्मी परिचालन हुने उनले जानकारी दिए । नेपाल स्काउटका समेत गरी ४ हजार स्वयमसेवक परिचालन हुने डा. ढकालले जानकारीले दिए ।
मन्दिर नजिकैको गेटमा स्वास्थ्य शिविर सञ्चालन हुनेछ । उक्त दिन सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको गरेर ३० वटा स्वास्थ्य संस्थाको शिविर हुनेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया