|
२०८३ भाद्र १६
काठमाडौं । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृत नकुल शर्मा मृत अवस्थामा फेला परेका छन्। भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका शर्माको शव गोरखास्थित त्रिशूली नदीको किनारमा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार गोरखातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा शर्माको शव फेला परेको हो।शर्मा हुम्लाको ताजाकोट गाउँपालिका–२ का स्थानीय हुन्। उनको शवको पोस्टमार्टमपछि परिवारले बुझिसकेको प्रहरीले जनाएको छ।
भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीको बहाव बढ्दा बाढीले बगाएका व्यक्तिहरूको शव नदीको तटीय क्षेत्रमा फेला पर्ने क्रम जारी छ। गोरखातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा मात्रै हालसम्म ६५ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्