×

काठमाण्डौको दरबारमार्ग मूल सडकमा दुई दिन गाडी चलाउन नपाइने

अशोज २, २०८१ | दाक्सु मिडिया

काठमाण्डौको दरबारमार्ग मूल सडकमा बुधबार र भोलि बिहिबार गाडी चलाउन नपाइने भएको छ । विहिबार रातिसम्मकै लागि गाडीको आवागमनमा रोक लगाइएको छ ।

संविधान दिवसको दिन बिहिबार असोज तीन गते दरबारमार्गमा हुने साङ्गीतिक कार्यक्रमका लागि स्टेज बनाउने काम भइरहेको छ । काम भइरहेकाले यो क्षेत्रमा गाडी चलाउन रोक लगाएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सरकारले संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडीखेलमा गर्ने र बेलुका नारायणहिटी दरबार अगाडिको सडकमा साङ्गीतिक कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेटतर्फ जाने गाडीलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने गाडीलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने गाडीलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ । सवारी साधन डाइभर्सनको कारणले काठमाण्डौँका मुख्य सडकहरुमा सवारी साधन जाम हुनुको साथै ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: