मौसमको पूर्वानुमान,कस्तो छ आजको मौसम?

DaksuMedia दाक्सु मिडिया
|
२०७७ फाल्गुन १५

काठमाडौँ : देशभर पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ । हाल देशका पहाडि भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानमान महाशाखाले जनाएको छ । यस्तै, तराइका केही स्थानहरुमा हल्का कुहिरो हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

त्यस्तै, राती देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक – दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *