काठमाडौंमा हल्का बर्षा, कस्तो रहन्छ त अबको मौसम ?

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र १८

काठमाडौं– हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पहाडी भु–भागहरुमा आंशिकदेखि सामान्य बदलिको अवस्था रहेको छ भने बांकी भू–भागहरुमा बदली नरहेता पनि तुवाँलो रहेको छ भने केही स्थानहरूमा वर्षा भइरहेको ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र १८ गते (बुधबार)
राती: देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडि भू–भागको थोरै स्थानमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र १९ गते (बिहिबार)
दिउँसो : देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र २० गते (शुक्रबार)
दिउँसो : देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती :देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्ट देशको पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *