×

आजको मौसम : चट्याङसहित वर्षा र हिमपातको सम्भावना

फाल्गुन १६, २०७७ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौँ : अहिले देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ ।

आज दिँउसो प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

राति प्रदेश १ का पहाडी भू–भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: