कोरोना सङ्क्रमित पूर्व राजा दम्पतीको अक्सिजन सपोर्टमा उपचार

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १४

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले मंगलबार जानकारी दिए अनुसार पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ।

पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र छोरी प्रेरणाको हिजो स्वास्थ्यमा समस्या देखिएका कारण उहाँहरुको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

‘उहाँको अवस्था सामान्य छ । कोभिडको विरामी र उमेरका कारण पनि राज दम्पत्तीलाई अक्सिजन सपोर्ट दिएर उपचार थालिएको छ’, नर्भिक अस्पतालका कम्युनिकेसन डिपार्टमेन्ट प्रमुख सोमनाथ बास्तोलाले भने, ‘हिजो केही लक्षण देखिए पनि आज लक्षण हराएका छन् ।’

पूर्व अधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु परेको छैन । भारतको हरिद्वारस्थित कुम्भ मेलामा सहभागी भएर फर्किए पछि पूर्व राजदम्पतीलाई कोरोना संक्रमण भएको थियो ।दिल्ली विमानस्थलबाट नेपाल आउने क्रममा गरिएको कोरोना परीक्षणमा नेगेटिभ देखिए पनि शाहलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *