×

आजको सुनको भाउ यस्तो छ,तोलामा कति?

माघ २०, २०७७ | दाक्सु मिडिया सम्वाददाता

आज मंगलबार यस्ताे छ सुनकाे भाउ । आज सुनको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यबसायी महासंघका अनुसार आज पनि सुनको मूल्य हिजोकै मूल्यामा कारोबार भइरहेको छ । हिजो जस्तै सुन आज तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

हिजो सुन तोलामा पाँच सय रुपैयाँले बढेको थियो । त्यस्तै आज भने चाँदीको मूल्य घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजो चाँदीको भाउ पनि तोलामा ८० रुपैयाँले बढेर १४ सय रुपैयाँमा पुगेको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: