तोलामा ५०० ले बढ्यो सुनको मूल्य,तोलाको कति?

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र ८

काठमाडौँ – हप्ताको पहिलो दिन आज सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ । आज सुन तोलामा ८७ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेको छ । अस्ति तोलामा १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आज १२ सय ८० रहेको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *