×

हेटौंडामा बसले ठक्कर दिंदा एक जनाको घटनास्थलमै मृत्यु

जेष्ठ १२, २०८१ | दाक्सु मिडिया सम्वाददाता

मकवानपुर । मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–११ थना भर्‍याङस्थित पूर्व–पश्चिम सडक खण्डमा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।

सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख १६७५ नंको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार शव हेटौंडा अस्पतालमा राखिएको छ । उक्त घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: