गगन थापा केन्द्रीय समिति बैठकपछि निर्वाचन आयोग जाँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १

काठमाण्डौँ । नेपाली कांग्रेसको नवनिर्वाचत केन्द्रीय कार्यसमितिको बैठकपछि सभापति गगन थापालगायत नेताहरू निर्वाचन आयोग जाने भएका छन् । केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा केन्द्रीय समिति बैठक बसेको छ । बैठकबाट विभिन्न निर्णय गरिनेछ । त्यसपछि आफूहरू आयोग जाने एक नेताले बताए ।

आयोगमा उनीहरूले पार्टीको नयाँ कार्यसमिति चयन भएको जानकारी गराउनेछन् । त्यहीअनुसार विवरण अध्यावधिकका निम्ति निवेदन दिइनेछ ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबार राति सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट थापा सभापति बनेका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *