|
२०८३ भाद्र २५
काठमाडौँ । फिलिपिन्सको पलावानमा पर्यटक बोकेको डुंगा आगलागीमा परेपछि पाँच जनाले ज्यान गुमाएका छन्। घटनामा ८७ जना यात्रु तथा चालक दलका सदस्य सम्पर्कविहीन भएका छन्।
बुधबार साँझ एमभी जुन एस्टरमा आगो लागेको हो। तटरक्षकका अनुसार डुंगा किनारबाट करिब २.२ किलोमिटर टाढा थियो।
डुंगामा १३४ जना सवार रहेको विवरण छ। घटनापछि ४२ जनालाई उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३८ यात्रु र चार चालक दलका सदस्य छन्।
घटनास्थलमा खोजी तथा उद्धार जारी रहेकाले मृतक र बेपत्ताको संख्या फेरिन सक्ने अधिकारीहरूले बताएका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्