टर्कीमा पर्यटक बस दुर्घटना : ८ जनाको मृत्यु, ३३ घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १७

काठमाडौँ । पश्चिमी टर्कीमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

इज्मिरबाट अन्टालियातर्फ जाँदै गरेको बस डेनिज्ली–आयदिन राजमार्गमा अनियन्त्रित भई सडक किनारको सुरक्षा बारमा ठोक्किएपछि दुर्घटना भएको हो । दुर्घटनापछि बसमा आगलागीसमेत भएको बताइएको छ ।

बसमा ३८ यात्रु र ३ जना चालकदल सदस्य सवार थिए । मृतकमध्ये बस चालक र नौ महिनाको शिशु पनि रहेका छन् ।

घाइते सबैलाई उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ भने केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *