|
२०८३ श्रावण २७
काठमाडौं — जिम्बाब्वेको करिबा तालमा यात्रु बोकेको डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता छन्।
राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार दुर्घटनापछि ७७ जनाको उद्धार गरिएको छ। डुंगामा चालक दलसहित ११९ भन्दा बढी व्यक्ति सवार रहेको अनुमान गरिएको छ।
डुंगाको क्षमता भने ९० जनाको मात्र रहेको अधिकारीहरूले बताएका छन्। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहे पनि दुर्घटनाको कारण खुल्न सकेको छैन।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्