आज गाईजात्रा पर्व मनाइँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १३

काठमाडौँ — भाद्र कृष्ण प्रतिपदाका दिनदेखि सुरु हुने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज देशभर मनाइँदैछ। दिवङ्गत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सजाएर नगर परिक्रमा गराउने तथा दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत सामग्री दान गर्ने परम्परा छ।

गाईको पुच्छर समाई मृतात्माले वैतरणी नदी पार गर्ने धार्मिक विश्वाससँग जोडिएको यो पर्वमा श्रद्धाञ्जलीसँगै हाँस्यव्यङ्ग्य, प्रहसन, नाचगान र सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिन्छ।

इतिहासअनुसार राजा प्रताप मल्लले पुत्रशोकमा रहेकी रानीलाई सान्त्वना दिन गाईजात्रा सुरु गराएका थिए। त्यसयता सामाजिक विकृति र विसंगतिमाथि व्यङ्ग्य गर्ने परम्परा पनि यस पर्वसँग जोडिएको छ।

काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आठ दिनसम्म मनाइने गाईजात्राको विशेष रौनक उपत्यकामा देखिन्छ। यस वर्ष गाईजात्रा शनिबार परेकाले काठमाडौँ उपत्यकामा थप सार्वजनिक बिदा भने परेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *