भक्तपुर नगरका नेवार समुदायले आजै चथा पर्व मनाउँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १०

काठमाण्डौँ । नेवार समुदायले आज चथा पर्व मनाउँदै छ । भाद्र शुक्ल चतुर्थीको साँझ मनाइने चथा पर्व भक्तपुर नगरमा आजै मनाइएको हो । पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार भोलि भाद्र ११ गते भाद्र शुक्ल चतुर्थी भए पनि १० गते साँझ नै चतुर्थी पर्न आएका कारण चथा पर्व आजै मनाउन मनाइएको हो ।

नेवाः संस्कृतिमा तिथि र मिति मिलाएर सांस्कृतिक पर्व मनाउनुपर्ने भएकाले चथा पर्व आजै मनाउन लागेको तलेजुका पुजारी नरेन्द्र जोशीले बताएका छन् । गणेश चतुर्थीका अवसरमा आज नेवार समुदायले घर चोख्याएर साँझ परिवारका सबै सदस्यहरू बसेर गणेश र चन्द्रमालाई जीवनमा चोर दोष कहिल्यै नलागोस् भन्ने कामनासहित पूजा गर्दछन् । भगवान् गणेशको जन्मदिन मानिएको चतुर्थीको साँझ कौशी वा झ्यालमा चथा गणेश र चन्द्रमाको पूजा गर्ने परम्परा छ । यस दिन गणेश र चन्द्रमालाई विधिपूर्वक पूजा गरे जीवनमा अनाहकमा चोर दोष नलाग्ने जनविश्वास छ ।

चतुर्थीको दिन पूजा गर्दा चथा गणेशको तस्बिरलाई पला लप्ते (कमलको पात) वा जेला लप्ते ९हल्दीको पातजस्तो०मा राखेर दुबो, मुला र लडडु, नैवेद्य, खाइसी, अदुवाको बोट, काँक्रो, भुटेको आरुको बीउ, नासपाती, केरा, स्याउ, अनार, अम्बा, हाडेओखर, मसला, मकै, भटमास, गहुँ, केराउ, चना, बकुल्ला, बदामलगायत आठ प्रकारका भुटेको गेडागुडी चढाइन्छ । यसरी विधिवत रूपमा पूजा सकेपछि परिवारका सबै सदस्यले प्रसादका रूपमा गणेश र चन्द्रमालाई चढाएको फलफूल तथा गेडागुडी खाने चलन छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Pamela357

    August 26, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *