काठमाडौँ । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को आज बेलायतमा अन्त्येष्टि गरिँदैछ। पाकिस्तान प्रशासित कश्मीरको ब्रोड पिकमा गएको घातक हिमपहिरोमा परी ज्यान गुमाएका १० आरोहीमध्ये पुर्जा पनि थिए।
बेलायतको दक्षिणपश्चिमी क्षेत्र ब्लान्डफोर्ड फोरमस्थित मिल्टन एबेमा उनको अन्तिम संस्कार हुनेछ। बेलायती पूर्वगोर्खा सैनिकसमेत रहेका पुर्जालाई अन्त्येष्टिका क्रममा गार्ड अफ अनर दिइने बताइएको छ।
परिवारले उनको पार्थिव शरीर अगस्ट ९ मा बुझेको थियो। त्यसपछि सुरक्षाका कारण पार्थिव शरीरलाई गोप्य स्थानमा राखिएको थियो।
पुर्जा सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल केवल १८९ दिनमा आरोहण गरेर विश्वभर चर्चामा आएका थिए। उनको यही साहसिक यात्रामा आधारित ‘१४ पिक्सः नथिङ इज इम्पोसिबल’ वृत्तचित्र नेटफ्लिक्समा समेत सार्वजनिक भएको थियो।
हिमाल आरोहणमा नेपाललाई विश्वमाझ चिनाएका पुर्जालाई आज बेलायतमा परिवार, आफन्त तथा शुभेच्छुकहरूले अन्तिम बिदाइ गर्दैछन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्