ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १५

काठमाडौं । पाकिस्तानस्थित ब्रोड पिक हिमालमा गएको हिमपहिरोपछि नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० सदस्यीय आरोहण टोली सम्पर्कविहीन भएको छ। घटनापछि उद्धार तथा खोजी कार्यको तयारी तीव्र बनाइएको जनाइएको छ।

पाकिस्तानी अधिकारीहरूका अनुसार टोलीसँग हिमपहिरो गएयता कुनै सम्पर्क हुन सकेको छैन। टोलीमा नेपालसहित अमेरिका, चीन र ओमानका नागरिक पनि सहभागी रहेका छन्।

मौसम अनुकूल बनेपछि हेलिकोप्टरमार्फत खोज तथा उद्धार अभियान सञ्चालन गरिने तयारी भइरहेको छ। अल्पाइन क्लब अफ पाकिस्तानले सरकारी निकायसँग समन्वय गर्दै सबै उपलब्ध स्रोत परिचालन गरिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *