काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन शाह नेतृत्वको वर्तमान सरकार पाँच वर्षसम्म टिक्न नसक्ने दाबी गरेका छन्।
नगरकोटमा आयोजित जनसङ्गठन समन्वय संयन्त्रको कार्यशालालाई सम्बोधन गर्दै ओलीले वर्तमान राजनीतिक परिस्थितिप्रति असन्तुष्टि जनाउँदै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।
उनले लोकतान्त्रिक मूल्य, संविधान र नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि चुनौती देखिएको आरोप लगाए। सामाजिक सञ्जालमा समेत आफ्ना धारणा राख्न मानिसहरू डराउनुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो।
ओलीले आफूहरू कुनै पनि राजनीतिक शक्तिसँग नडराउने बताउँदै वर्तमान सरकार लामो समय चल्न नसक्ने जिकिर गरे। जनताले दिएको बहुमतलाई आधार बनाएर मनपरी गर्न नपाइने उनको तर्क थियो।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत दिएकोप्रति समेत जनतामा पछुतो सुरु भइसकेको दाबी गरे। ओलीले वर्तमान राजनीतिक अवस्थालाई सच्याउँदै लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्नुपर्नेमा जोड दिए।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्