सबै दल र जेनजी मिलेर सरकार बनाऔं’ — ओलीको प्रस्ताव

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १२

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको सहभागितासहित सबै राजनीतिक दलहरूको समावेशमा सर्वदलीय, सर्वपक्षीय सरकार गठन गर्नुपर्ने माग गरेका छन्।

मानवअधिकार एलाइन्ससँगको भेटमा उनले वर्तमान राजनीतिक संकट समाधान र संविधान तथा लोकतन्त्रको संरक्षणका लागि यस्तो सरकार आवश्यक रहेको बताएका हुन्।

ओलीका अनुसार संविधान संशोधन गरी संसद् सदस्य नभएको व्यक्तिलाई पनि दलहरूको सहमतिमा राष्ट्रपतिबाट चुनावी सरकारको प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था गर्नुपर्छ।

उनले आफूलाई जेनजी आन्दोलनका क्रममा पदबाट हटाइए पनि तिक्तता बढ्न नदिन पुनः प्रधानमन्त्रीको दाबी नगर्ने बताएका छन्। ओलीको प्रस्तावअनुसार नयाँ सरकारले तीन महिनाभित्र निर्वाचन सम्पन्न गरी २१ फागुनमा प्रतिनिधि सभा चुनाव गर्न सक्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *