|
२०८३ भाद्र ४
काठमाडौं । संघीय संसद्अन्तर्गतका नौवटा संसदीय समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकको बीचमा समितिहरूले विभिन्न विषयमा छलफल गर्न लागेका हुन्।
अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल गर्नेछ भने पर्यटन समितिले पर्यटन विधेयकबारे सरोकारवालासँग राय लिनेछ।
त्यस्तै, राज्य व्यवस्था समितिले अख्तियारको कामकारबाही, सार्वजनिक लेखा समितिले वैदेशिक सहायता तथा कृषि समितिले जैविक मलसम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची छ। अन्य समितिले पनि उजुरी, पूर्वाधार, शिक्षा तथा विधायिकी विषयमा छलफल गर्नेछन्।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्