|
२०८३ श्रावण २८
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतका पाँच संसदीय समितिको बैठक आज बस्दैछ। अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन, कृषि तथा प्राकृतिक स्रोत, पूर्वाधार विकास र महिला तथा सामाजिक मामिला समितिले विभिन्न विषयमा छलफल गर्ने भएका छन्।
अर्थ समितिमा उपसमितिका प्रतिवेदन, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अभौतिक सांस्कृतिक सम्पदा विधेयकका संशोधन, पूर्वाधार समितिमा खानेपानी आपूर्ति योजना, कृषि समितिमा जैविक मल तथा माटो स्वास्थ्य र महिला समितिमा राष्ट्रिय दलित आयोगको कामकारबाहीबारे छलफल हुने कार्यसूची छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्