|
२०८३ श्रावण ८
काठमाडौं । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक शुक्रबार बस्ने भएको छ। बैठकमा विकास योजना, संसदीय अभिमुखीकरण तथा राष्ट्रिय सरोकारसँग सम्बन्धित विषयमा छलफल गरिने कार्यसूची तय गरिएको छ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिले आगामी आर्थिक वर्षको वार्षिक कार्ययोजनाबारे समीक्षा गर्नेछ भने विधायन व्यवस्थापन समितिले अभिमुखीकरण कार्यक्रममाथि छलफल गर्नेछ। यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले दक्षिणी सीमा क्षेत्रको शान्ति सुरक्षा अवस्थाबारे सरोकारवाला पक्षसँग विचारविमर्श गर्ने तयारी गरेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्